Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

महालक्ष्मी लाईफद्वारा बीमा सचेतनाका लागि ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया संचालन

महालक्ष्मी लाईफद्वारा बीमा सचेतनाका लागि ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया संचालन

काठमाडौं, ३ चैत । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम कार्यक्रम संचलन गरेको छ। ग्त माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको जनाएकोछ ।

प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन भएको जनाइएको छ।

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पु¥याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो । एक महिनाको यो कार्यक्रममा हाल सम्म ६ हजार ३ सय भन्दा बढी व्यक्तिले सहभागिता जनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *