Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

महिला सहयात्रा माइक्रोफाइनान्सलाई अन्तर्राष्ट्रिय अवार्ड

महिला सहयात्रा माइक्रोफाइनान्सलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, ६ चैत । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । संयुक्त राष्ट्र संघको महिलाहरुको अबस्था सम्बन्धी ६३ औं महासभाले १ लाख डलर सहित ‘ राजकुमारी सविका विन्त अब्राहिम अल– खालिफा ग्लोवल अवार्ड’ प्रदान गरेको हो ।

गत मार्च ११ मा सम्पन्न भएको उक्त महासभामा १ हजार ८ सय ८७ जना प्रतिस्पर्धीहरुका बीच सार्वजानिक, निजी, गैर सरकारी र स्वतन्त्र गरि ४ वटा बिद्यामा अवार्ड वितरण गरिएको थियो । संस्थाले नेपालका दुर्गम क्षेत्र तथा पिछडीएका महिलाहरुलाई सीप तालिम दिदै व्यवसाय तर्फ उन्मुख हुन प्रेरित गरि कर्जा प्रवाह गरेकाले उक्त अवार्ड प्राप्त गरेको संस्थाकी प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले बताईन् । महिला सहयात्राले व्यवसायीक कर्जा लिनेलाई अनिवार्य तालिम दिने गरेको हुँदा संस्थाले गरेको लगानीको उपलब्धी धेरै राम्रो भएकोले उत्कृष्ट भएको र आगामी दिनमा थप महिलाहरुलाई समेट्ने उनले बताइन ।

संस्थाले बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा सपटी लिएर २० हजार देखि ३ लाख रुपैयाँ सम्म ग्रामिण भेगका महिलाहरुमा कर्जा प्रवाह गर्दै आएको छ । महिलाहरुलाई कर्जा प्रवाह गरे पश्चात संस्थाले कर्जाको ४ प्रतिशत रकम बराबरको व्यवसायीक तालिम गर्न पर्ने व्यवस्था गरेको छ । सोहिकारण पनि संस्थाबाट प्रवाह भएको कर्जाको सदुपयोग उत्पादनशीत क्षेत्रमा नै भएको मानन्धरको दाबी छ ।

बर्षेनि २ सय ४० वटा भन्दा बढी सीपमुलक तालिम दिइरहेको यस संस्थाले स्थानिय स्रोत साधानहरुको प्रयोगबाट उत्पादन गर्न सिकाउनुका साथै सो उत्पादनको माग अनुसारको बजारीकरणको व्यवस्था गरिदिने गरेको छ । संस्थाले नेपालका अति दुर्गम र पिछडिएको क्षेत्रमा २६ वटा शाखाहरुबाट ३० हजार भन्दा बढी महिलामा वित्तिय सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x