Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनको भाउ ५ सयले बृद्धि, ६० हजार २ सयमा कारोबार

सुनको भाउ ५ सयले बृद्धि, ६० हजार २ सयमा कारोबार

काठमाडौं, ७ चैत । स्थानीय बजारमा आज (बिहिबार) सुनको भाउमा बृद्धि भएको छ । मंगलबार प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय बृद्धि भएर ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत हप्ताको २९ गते बुधबार प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा चैत ५ गते मंगलबारसम्म केहि गिरावट आएको महासंघले जनाएको छ । ३० गते बिहिबार १ सय रुपैयाँ घटेर प्रति तोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चैत १ गते शुक्रबार सुनको भाउमा ५ सयले गिरावट आएर ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रति तोला ६० हजार रुपैयाँमा स्थिर रहेको थियो । सोमबार २ सय रुपैयाँ घटेर प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १ सय रुपैयाँ घटेर प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा किन बेच भइरहेको पनि महासंघले जनाएको छ । गत मंगलबार प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीमा पनि आज १० रुपैयाँ बृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x