सेञ्चुरी बैंकले ६.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ७ चैत । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई ६.५ प्रतिशत लाभांश दिने भएको छ । गत मंगलबार बसेको सञ्चालक समितिको २ सय ८२ औं बैठकले ४.५ प्रतिशत नगद र २ प्रतिशत बोनस गरि कुल ६.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकले गत आषाढ मसान्तमा कायम चुक्ता पुँजी र आषाढ मसान्तपछि हकप्रद सेयरको लिलाम बिक्रीबाट प्राप्त रकम गरी कायम हुन आएको हालको चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँबाट उक्त लाभांश वितरण गर्ने जनाएको छ ।

सेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *