Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेवा सुविधा बृद्धि नगरे पर्यटन क्षेत्रका श्रमिकहरु चैत २१ देखि आन्दोलनमा उत्रने

सेवा सुविधा बृद्धि नगरे पर्यटन क्षेत्रका श्रमिकहरु चैत २१ देखि आन्दोलनमा उत्रने

काठमाडौं, ७ चैत । पर्यटन क्षेत्रका क्रियाशिल श्रमिकहरुले सेवा, सुविधा बृद्धि लगायतका माग राख्दै विभिन्न पर्यटकीय संघसंस्थाहरुमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । श्रमिकहरुको संगठन यूनिट्राभले पर्यटन क्षेत्रमा श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

सरकारी निकाय, श्रमिक संगठन, व्यवसायीक संगठनहरुबीच वार्ताका माध्यमबाट तत्काल समस्या समाधान नगरिए पर्यटनका सबै क्षेत्रमा काम ठप्प पार्ने र आउँदो २१ गतेबाट आन्दोलनमा उत्रने चेतावनी दिएको छ । केही दिन भित्र समस्याको समाधान नभए विदेशी एजेन्सिहरुमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, लगायत सरोकार क्षेत्रका कार्यालयमा तालाबन्दी गरिदिने चेतावनी समेत यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले दिए । त्यस्तै यूनिट्राभले टान र नाट्टाले पर्यटन बोर्डमा गत मंसिर १३ गते गरेको सम्झौता तत्काल लागु नभए विदेशी ग्रुप नै रोक्ने जनाएको छ ।

टे«किङ, ट्राभल्स, ¥याफ्टिङ र क्लाइम्बिङ क्षेत्रका श्रमिकहरुलाई पनि १० प्रतिशत सेवा शुल्क लगाउनुपर्ने, पर्यटन क्षेत्र विमानस्थल, धार्मिक क्षेत्रमा श्रमिकलाई ठेक्का प्रथाबाट नियुक्ति दिने प्रथा अन्त्य हुनुपर्ने, नेपाल भ्रमण वर्षको कार्यदलमा श्रमिकहरुको सहभागिता हुनुपर्ने लगायतको माग राख्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x