Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

हावाहुरीबाट पिडितलाईको प्रभावकारी उद्धार गर्न साना तथा घरेलु महासंघको आग्रह

हावाहुरीबाट पिडितलाईको प्रभावकारी उद्धार गर्न साना तथा घरेलु महासंघको आग्रह

काठमाडौं, १९ चैत । गत आइतबार साँझ बारा र पर्सा जिल्लामा हावाहुरीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले गहिरो दुःख व्यक्त गरेको छ । हावाहुरीबाट ठुलो मात्रामा मानवीय क्षति पुग्नुका साथै घरपालुवा चौपाया तथा घर टहरा, भौतिक पूर्वाधारहरु समेत तहसनहस भएको थियो ।

महासंघले सर्वसाधारणको जीवनयापनमा परेको कठिनाईलाई मध्यनजर गर्दै तत्काल प्रभावकारी उद्धारका लागि सम्बन्धित निकाय समक्ष आग्रह गरेको छ । हावाहुरीबाट पीडित क्षेत्रमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुमा समेत क्षति पुग्न गएको सन्दर्भमा महासंघका जिल्ला शाखा, सम्बन्धित पालिका संघ र प्रदेश संघहरुले समेत पिडित परिवार तथा क्षतिग्रस्त भएका उद्योग व्यवसायीको संरचनाको उद्धार तथा पुनः सञ्चालनका लागि हरसम्भव सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x