मोरङ्गको विराटचोकमा कामना सेवा विकास बैंकको शाखा
काठमाडौं, २१ चैत । कामना सेवा विकास बैंकले मोरङ्ग जिल्लाको विराट चोकमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा आफ्नो ८१औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।
उक्त शाखाको उद्घाटन् बैंकका संचालक बलराम बराल र प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतको गरेका हुन् ।
काठमाडाकौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८० वटा शाखा तथा ३५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।