Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बिहिबार नेप्से झिनो अंकले घट्यो

बिहिबार नेप्से झिनो अंकले घट्यो


काठमाडौं, २१ चैत । साताको अन्तिम दिन (बिहिबार) सेयर बजार झिनो अंकले घटेको छ । सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६४ अंकले घटेर १,१६५.२० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

उक्त दिन बजारमा १ सय ७२ कम्पनीको १७,६९,७ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४२ करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा भने एनआईसी एसिया बैंकले ४ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरि अग्रता लिएको छ ।


यसैगरि आज सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् जसको सेयर मुल्यमा आज ५.१९ प्रतिशतले वृद्धि भएकोे छ । साथै युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मुल्यमा आज ९.२४ प्रतिशतको गिरावट आएको छ ।

बिहिबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ४ वटा समूह मात्र बढेको छ भने बाँकी ६ वटा समूहहरु घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x