एनआईसी एशिया बैंकका १५ चमत्कारिक बचत योजना सार्वजनिक
काठमाडौं, २१ चैत । एनआईसी एशिया बैंकले चमत्कारिक बचत योजना सार्वजनिक गरेको छ । बैंक स्थापनाको २२ औं वर्षको अवसरमा १५ वटा नयाँ बचत योजना सार्वजनिक गरेको हो ।
बैंकले सबै प्रकारका ग्राहकहरुलाई लक्षित गरी चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र कर्मचारीहरुको लागि चमत्कारिक तलब बचत खाता सार्वजनिक गरेको उल्लेख गरेको छ ।
यी निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाख रुपैयाँसम्मको दुर्घटना वीमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको वीमा तथा १ लाख ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
चमत्कारिक बचत निक्षेप खाताहरु देशभर रहेका बैंकका २ सय ८१ वटै शाखा कार्यालयहरुबाट अनलाइन प्रविधि मार्फत बिना झन्झट खोल्न सकिने छ । यो खाता खोलेपछि देशैभरी रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निशूल्क झिक्न सकिने बैंकले जानकारी दिएको छ ।