Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गरिमा विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच रेमिट सेवा सम्वन्धी सम्झौता

गरिमा विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच रेमिट सेवा सम्वन्धी सम्झौता

काठमाडौं, २१ चैत । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र गरिमा विकास बैंकबीच रेमिट सेवा सम्बन्धी सम्झौता भएको छ । दुई बैंकबीच “गरिमा रेमिट’’ नामक रेमिट सेवाप्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता पत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात देश भर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x