Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

हुरीबतास पीडितलाइ एनआईसी एशिया बैंकको सहयोग

हुरीबतास पीडितलाइ एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं, २१ चैत । एनआईसी एशिया बैंक बारा तथा पर्सा जिल्लाका हुरीबतास पीडित जनतालाई सहगोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा तथा हुरीबतासले क्षति पु¥याएको पीडितलाई राहत सामग्री सहयोग स्वरुप ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु वितरण गरेको हो ।

सो सहयोगका सामाग्रीहरु बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायतगाउँका पीडितजन समुदायका पीडितहरुमा विरण गर्न सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई हस्तान्तरण गरेको छ । बैंकले गरेकोे सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत करिब १५ लाख भन्दा बढी ग्राहकमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x