Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘बृद्धबृद्धाको सुरक्षा सरकारले गर्छ, यो वर्ष वृद्ध भत्ता पक्का बढ्छ ’: प्रधानमन्त्री ओली

‘बृद्धबृद्धाको सुरक्षा सरकारले गर्छ, यो वर्ष वृद्ध भत्ता पक्का बढ्छ ’: प्रधानमन्त्री ओली

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताएका छन् । जेष्ठ नागरिक स्वास्थ्य बीमा र खोलौ बैंक खाता कार्यक्रममा प्रधानमन्त्री ओलीले बृद्धबृद्धाको सुरक्षा सरकारले गर्ने र उनीहरुले पाउँदै आएको भत्ता बृद्धि गर्ने बताएका हुन ।
यो सरकार जनताको सरकार भएको र जनताका हरेक समस्या समाधान गर्दै अगाडी बढ्ने लक्ष्य रहेको उनले बताए । ओलीले युवा युवतीहरुलाई भन्दा बढी बृद्धबृद्धाहरुलाई स्वास्थ्य बीमाको आवश्यकता पर्ने बताए । अब प्रत्येक नेपालीको बैंकिङ्ग खाता हुने पनि जानकारी दिए ।

त्यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादबले बिरामी परेपछि खेतबारी बेचेर उपचार गर्ने र हस्पिटलबाट घर फर्कदा कंगाल हुनु पर्ने बाध्यता अब स्वास्थ्य बीमा कार्यक्रमले हटाइदिने बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न सबै नेपाली स्वस्थ हुनु पर्ने उनको भनाई थियो ।
७० वर्ष पुगेका बृद्धाहरुलाई सरकारको तर्फबाट १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा सरकारले गरिदिने मन्त्री यादवले जानकारी गराए ।

आज ७० वर्ष पुरा भएका ५५ जना जेष्ठ नागरिकलाई सरकारको तर्फबाट निःशूल्क स्वास्थ्य बीमा गराएर यो कार्यक्रमको थालनी गरिएको छ । योसँगै अब देश भरी नै जेष्ठ नागरिक स्वास्थ्य बीमा योजना कार्यक्रम लागु गरिने सरकारको योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x