Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सिंहदरबार भित्र राष्ट्रिय बाणिज्य बैंकको शाखा संचालनमा

सिंहदरबार भित्र राष्ट्रिय बाणिज्य बैंकको शाखा संचालनमा

काठमाडौं, १ बैशाख । नयाँ वर्षको सुरुवातसँगै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले उद्घाटन गरे ।

सिहंदबार भित्र बैंकको शाखा संचालनले प्रशासनिक क्षेत्रको वित्तिय कार्यमा थप सहजता ल्याउने विश्वास उनले व्यक्त गरे । बैंकको यो २ सय १८ औं शाखा हो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नेपाल सरकारले ल्याएका हरेक वित्तिय कार्यक्रमलाई सघाउ पुर्याउने गरि काम गर्ने बताए ।

हाल सम्म यस बैंकले १ खर्व ८१ अर्व रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३४ अर्व रुपैयाँ बढी कर्जा लगानी गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x