Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

साता भित्र ३९ अर्ब कर भुक्तानी गर्न एनसेललाई ठुला करदाता कार्यालयको निर्देशन

साता भित्र ३९ अर्ब  कर भुक्तानी गर्न   एनसेललाई ठुला करदाता कार्यालयको निर्देशन

काठमाडौं,४ बैशाख । एक साता भित्रै ३९ अर्ब कर भुक्तानी गर्न एनसेललाई ठुला करदाता कार्यालयले निर्देशन दिएको छ । एक प्रेस विज्ञाप्ति जारी गर्दै कर कार्यालयले तीन शीर्षकमा सात दिनभित्र भुक्तानी गर्न भनेकाे हो। कार्यालयले आयकर ऐनबमाेजिमा कर ३५ अर्ब ९१ कराेड, शुल्क १८ अर्ब ३३ कराेड र व्याज आठ अर्ब ३९ कराेड निर्धारण गरिएको जनाएको छ।

याे रकममध्ये एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ। सर्वोच्च अदालतको पूर्णपाठ आएलगत्तै कार्यालयले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको हाे। अदालतले यस अघि नै तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x