Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

क्यासिनोले बक्यौता तिर्नमा अटेरी, सबैभन्दा धेरै ह्याप्पि आवरको

क्यासिनोले बक्यौता तिर्नमा अटेरी, सबैभन्दा धेरै ह्याप्पि आवरको

काठमाडौं, ४ बैशाख । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले २८ करोड रुपैयाँ भन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई २८ करोड ७५ लाख ५४ हजार २५ रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

क्यासिनो ह्याप्पी आवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोबाट १४ करोड ६६ लाख ४३ हजार ७५० रुपैयाँ बक्यौता रहेको छ । ह्याप्पीले आर्थिक वर्ष २०७१ सालदेखि २०७४ सालसम्मको रोयल्टी रकम बुझाएको छैन । यो कम्पनीले होटल स्वीटड्रिम महेन्द्रनगर, होटल लाकौल भैरहवा, होटल स्नेहा नेपालगञ्ज र होटल ढाका काँकडभिट्टामा गरी चार स्थानमा क्यासिनो सञ्चालन गर्दै आएको छ।

त्यस्तै रक इन्टरनेशनल प्रालिबाट पाँच करोड ६९ लाख ४५ हजार २७५ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । काठमाडौँको ओरियन्टल होटलमा सञ्चालन गरेको क्यासिनो र्याडडसहित विभिन्न जिल्लाका पाँच स्थानमा क्यासिनो सञ्चालन गरेको छ । होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल नान्स भैरहवा, होटल रियाज काँकडभिट्टामा क्यासिनो सञ्चालन गरेका छन् ।

गील्ट इन्भेष्टमेन्ट प्रालिको आठ करोड ३९ लाख ६५ हजार रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी छ । उक्त कम्पनी अन्तर्गत होटल याक एण्ड यतिमा सञ्चालन गरेको रोयल क्यासिनोले तीन वर्षदेखि रोयल्टी रकम बुझाएको छैन ।

त्यस्तै, सेन्ट्ररल मिडिया प्रालिले सञ्चालन गरेको सि एमजी क्लब (मिनी क्यासिनो) ले होटल ओपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगञ्ज, होटल रत्ना विराटनगर, होटल प्लाटिनियम काठमाडौँमा गरी चार स्थानमा सञ्चालन गरेको क्लबको समेत बक्यौता रहेको विभागले जनाएको छ । र्याड क्यासिनो, रोयल क्यासिनो, एमजी क्लब ९मिनी क्यासिनो० सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा चलिरहेका छन् ।

क्यासिनो नियमावली २०७० बमोजिक पर्यटन विभागमा सात क्यासिनो दर्ता भएका छन् । ठूला क्यासिनो छ र मिनि क्यासिनो एक गरी सात नयाँ क्यासिनो दर्ता भएको पर्यटन विभागको छ ।

ठूला क्यासिनोका लागि तीन करोड र साना क्यासिनोलाई ७५ लाख रुपैयाँ शुल्क तोकिएकोमा आर्थिक वर्ष २०७५, ७६ देखि क्यासिनो सञ्चालन रोयल्टी शुल्कमा वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x