Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सानिमा बैंकको २७ लाख १८ हजार संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गर्यो

सानिमा बैंकको २७ लाख १८ हजार संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गर्यो

काठमाडौं, ४ बैशाख । सानिमा बैंकको २७ लाख १८ हजार ८ सय ३५ कित्ता संस्थापक सेयर कर्मचारी सञ्चयकोषले खरिद गरेको छ । सञ्चयकोषले प्रतिकित्ता १ सय ८० रुपैयाँ १० पैसाका दरले सबै कित्ता सेयर खरिद गरेको हो ।

बैंकाले चैत ७ देखि २५ गतेसम्म संस्थापक समूहको उक्त सेयर लिलामीमा ल्याएको थियो । लिलामीमा न्यूनतम १ सय ८० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको थियो । कर्मचारी सञ्चयकोषले कबोल गरेको १ सय ८० रुपैयाँ १० पैसामै सबै सेयर हात पारेको छ । यो संस्थापक सेयर लिलामीमार्फत खरिद गर्दा सञ्चयकोषले कुल ४८ करोड ९६ लाख ६२ हजार रुपैयाँ लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *