पूर्व उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री ताम्राकारको निधन
काठमाडौँ, १० वैशाख । नेपाली काँग्रेसका नेता एव पूर्व उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना हुनुभएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो अल्का अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । ताम्रकारको भोली काठमाडौंमा अन्तिम दासस्कार गरिने भएको छ ।