Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

ई–सेवा चलाउन सिकाए ३० रुपैयाँ बोनस पाइँने

ई–सेवा चलाउन सिकाए ३० रुपैयाँ बोनस पाइँने

काठमाडौं, १० वैशाख । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाले ई–सेवा चलाउन सिकाउने ग्रहाकलाई ३० रुपैयाँ सम्मको बोनस दिने भएको छ । नगदरहित समाज निर्माणको लागि ‘आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ’ भन्ने अभियान अन्तर्गत ई–सेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न अफर सार्वजनिक गरेको हो ।

ई–सेवाका प्रमुख रोशन लामिछानेका अनुसार यो अफर अन्तर्गत ई–सेवा आफ्ना परिवार, साथिभाइ तथा मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई ई–सेवा चलाउन सिकाउन सकिनेछ ।

ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । हाल ५१ वटा बैंक तथा वित्तीय संस्थाहरु ई–सेवामा सदस्य रहेका र देशभर करिब ५० हजार एजेन्ट ई–सेवामा आवद्ध रहेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x