पुनर्निर्माण सम्पन्न गर्नका लागि ४ खर्ब २९ अर्ब रुपैयाँ बजेट अपुग
काठमाडौं, १० बैशाख । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले क्षति पु¥याएका निजीआवास, विद्यालय तथा सम्पदाहरुको पुन निमार्णका लागी ४ खर्ब रुपैयाँ २९ अर्ब रुपैयाँ बजेट अभाव भएको छ । भुकम्प गएको ४ बर्ष बितिसक्दा ८० प्रतिशत पुनर्निर्माणको काम सकिएको विवरण दिर्दै राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले बाकी २० प्रतिशत पुनर्निर्माण गर्नका लागि सो परिमाणमा थप बजेट आवश्यक रहेको बताएको हो ।
मंगलबार प्राधिकरणले प्रत्रकार सम्मेलन गरि भुकम्प पीडितको अनुदान सम्झौता गरेको ७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ । जसमा ३० हजार ६ सय ५८ निजी आवास पुननिमार्ण हुन सकेका छैनन् । प्राधिकरणले भुकम्पले क्षति पु¥याएका १० लाख भन्दा बढी घरपरिवारको सर्वेक्षण गरेको थियो ।
भुकम्प गएको धेरै समय पश्चात मात्र प्राधिकरणको स्थापना भएको र विभिन्न राजनैतिक, आर्थिक तथा प्रविधिक चुनौतिहरुको कारण लक्ष्य अनुसारको उपलब्धी हासिल गर्ने नसकेको प्राधिकरण प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले बताए । प्राधिकरणले कार्यअबधी सकिन लागेको भएता पनि आवश्यक परे १ बर्ष समय थप गरेर भएपनि जिम्मेवारी पुरा गर्ने उनले प्रतिवद्धता गरे ।
पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल ९३८ अर्ब रकमको आंकलन गरिएकोमा आर्थिक वर्ष २०७४/७५ सम्म १ खर्ब ८६ अर्ब रुपैयाँ खर्च भएको भन्दै ज्ञवालीले भने चालू आर्थिक वर्षमा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित प्राधिकरणले लक्ष्य लिइएको बताए । साथै सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबाट करिव २०० अर्ब परिचालन हुने अपेक्षा गरिएको प्राधिकरणको छ । जसका कारण पुनर्निर्माण सम्पन्न गर्न थप करिब ४ खर्ब २९ अर्ब रुपैयाँ आवश्यक पर्ने पुनर्निर्माण प्राधिकरण का प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
यसैगरि प्राधिकरणको विवरण अनुसार भुकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएका छन् । जसमध्ये ५९ प्रतिशत अर्थात ४ हजार ४ सय ७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ७७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् । स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धिमध्ये जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न भएको भने १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् ।
यस्तै पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धि हासिल गरेको प्राधिकरणले जनाएको छ । जसमा २२४ वटा अर्थात ३० प्रतिशत पुनर्निर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । साथैसुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ, भने १८ प्रतिशत अर्थात ७१ वटा भवन पुनर्निर्माणको क्रममा छन् । सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धिमध्ये ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।