Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सेञ्चुरी बैंकद्वारा ६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

सेञ्चुरी बैंकद्वारा ६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, १२ बैशाख । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेयर धनीहरुलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको बैंकको आठौं वार्षिक साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले २ प्रतिशत बराबरको बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार सेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको लाभांश वितरण गरिने छ ।

हाल बैंकले उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर, उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १ सय ३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x