Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पोखरा फाइनान्सले पायो १५ प्रतिशत हकप्रद निष्कासनको स्विकृति

पोखरा फाइनान्सले पायो १५ प्रतिशत हकप्रद निष्कासनको स्विकृति

काठमाडौं, ४ पौष । पोखरा फाइनान्सले १ बराबर ०.१५ कित्ता अर्थात १५ प्रतिशत हकप्रद शेयर निष्कासनको स्विकृति पाएको छ । फाइनान्सलाई हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले स्विकृति दिएको हो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ९ करोड ८३ लाख ६८ हजार २७४ रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ ।

पोखरा फाइनान्सको २०औं वार्षिक साधारण सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । हकप्रद शेयरको पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ६५ करोड ५७ लाख रुपैयाँबाट बढेर ७५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । फाइनान्सले यस अघि एपिओमार्फत चुक्ता पुँजी वृद्धि गरेको थियो । यद्यपी फाइनान्सलाई तोकिएको चुक्ता पुँजी पुर्याउन थप ४ करोड ६० लाख रुपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्र बैंकको अनुसार राष्ट्रिय स्तरको वित्त कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x