मुक्तिनाथ बैंकको शाखा चितवनको हाकिमचोकमा
काठमाडौं, १४ बैंशाख । मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोकमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् ।
बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको भन्दै शाहले खुसी व्यक्त गरिन् ।
बैंकले हाल देशैभरी १ सय १४ वटा शाखा र २२ वटा एटीएम मार्फत बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।