Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

५ भन्सार कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

५ भन्सार कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

काठमाडौं, १६ बैशाख । प्रभु बैंकले नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउन एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालयमा बैंकले एक्स्टेन्सन काउण्टर संचालनमा ल्याई बैंकिङ्ग सेवा थालनी गरेको हो ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै राजस्व संकलनमा समेत सहजता आउने विश्वास लिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x