Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मुक्तिनाथ विकास वैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना” सञ्चालनमा

मुक्तिनाथ विकास वैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना” सञ्चालनमा

काठमाडौं, १६ बैशाख । मुक्तिनाथ विकास बैंकले “ मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।

यस योजना अन्तर्गत ग्राहकले १० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमाको सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ। साथै, २० हजार न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा प्राप्त गर्न सक्नेछन् ।

यस बचत योजना अन्तर्गतका बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज , निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधा प्रदा नगरिने बैंकले जनाएको छ। यो सेवा बैंकको १ सय १४ वटै शाखाहरुबाट लिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x