Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

जनता क्यापिटलको अध्यक्षमा शाक्य नियुक्त

जनता क्यापिटलको अध्यक्षमा शाक्य नियुक्त

काठमाडौं, १६ बैशाख । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै अध्यक्षमा नियुक्त भएका हुन ।

जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभन्दा बढी लामो अनुभव संगालेका छन् । जनता बैंकको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x