Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नबिल बैंक र पीडीसीएनबीच सम्झौता

नबिल बैंक र पीडीसीएनबीच सम्झौता

काठमाडौं, १७ बैंशाख । नबिल बैंक र ‘प्ले फर डिप्राइभ्ड चिल्डेल नेपाल (पीडीसीएन)’ बिच नेपाल बास्केटबल लिगको बैंकिङ साझेदारको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पीडीसीएनका अध्यक्ष अरुण कार्कीले हस्ताक्षर गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रतियोगिताको संरचना हेरेर बास्केटबल खेलले देशैभरी नै गती प्राप्त गर्नेमा दुई मत नभएको बताए । नेपाल बास्केटबल लिग यही बैशाख १५ गनेबाट सुरु भएको छ । यसको समापन श्रावण ६ गते हुने पीडीसीएनले जनाएको छ ।

पीडीसीएनका अध्यक्षका अनुसार प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलिले क्रमशः २ लाख रुपैयाँ, १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x