सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिर दाहाल नियुक्त

काठमाडौं, १७ बैशाख । सिटिजन्स बैंक इन्टरनेशनलको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिर दाहाल नियुक्त भएका छन् । बैंकको सब्सिडरी कम्पनी सिविआईएल क्यापिटलमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत दाहाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

उनले शुक्रबारदेखि अफ्नो कार्यभार समाल्ने बैंकले जनाएको छ । करिव १६ वर्ष अघि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *