Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थमन्त्री खतिवडा फिजी जाँदै

अर्थमन्त्री खतिवडा फिजी जाँदै

काठमाडौं, १७ बैंशाख । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ४५ औं वार्षिक बैंठकमा भाग लिन फिजी जाने भएका छन् । फिजीको नादीमा आगामी मे २ देखि ५ सम्म आयोजना हुने बैठकमा भाग लिन मन्त्री खतिवडा आज राति ९ बजे पछि फिजी प्रस्तान गर्ने भएका हुन् ।

उक्त बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा विषयसूची अनुसार धारणा राख्ने छन् । बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

त्यस्तै अर्थमन्त्री खतिवडाले दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्ने सचिवालयले जनाएको छ । यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत मन्त्री खतिवडाले सहभागी जनाउँने कार्यक्रम रहेको छ । अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x