Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा ११.७० अंकले गिरावट, परिसूचक २ समूहको मात्र बढ्यो

नेप्सेमा ११.७० अंकले गिरावट, परिसूचक २ समूहको मात्र बढ्यो

कठमाडौं, १७ बैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सेयर कारोबार नेप्सेमा ११.७० अंकले गिरावट आएर १२९८.६० विन्दुमा पुगेर बन्द भएको हो ।

१ सय ७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ सेयर खरिद विक्री हुँदा ९५ करोड ८६ हजार ९३६ रुपैयाँको सेयर कारोबार भएको थियो । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको १५ करोड ७ हजार २८५ रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी सानिमा माई हाइड्रोपावर लिमिटेडले सबै भन्दा बढी कमाएको छ । जसको प्रति सेयर मूल्य २५ अंकले बढेको हो । सबैभन्दा बढी गुमाउँनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड रहेको छ । जसको प्रतिसेयर मूल्य ६ सय ४ ले घटेको हो ।

नेप्सेमा सूचिकृत ११ वटा समूहमध्ये दुई समूहको परिसूचक बढेको छ । परिसूचक बढ्नेमा फाइनान्स र हाइड्रोपावर समूह रहेका छन् । फाइनान्सको परिसूचक ०.१६ प्रतिशतले बृद्धि भएको छ भने हाइड्रोपावरको परिसूचक ३.८२ प्रतिशतले बृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x