आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता
काठमाडौं, १७ बैशाख । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् सर्वसाधारण तथा ग्राहकहरुले बैंकका कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनुका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने इन्स्योरेन्सले जनाएको छ । हाल इन्स्योरेन्स कम्पनीले बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।
कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजीवन लगायतका बीमा योजनाहरू ल्याएको जनाएको छ ।