Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पछिल्लो १७ दिनमा २ सय ६८ कम्पनी सामाजिक सुरक्षा कोषमा आवद्ध

पछिल्लो १७ दिनमा २ सय ६८ कम्पनी सामाजिक सुरक्षा कोषमा आवद्ध

काठमाडौं, १८ बैशाख । सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २ हजार ४ सय ९६ रोजगारदाता कम्पनी सुचिकृत भएका छन् । सरकारले गत मंसिर ११ गते देखि निजी क्षेत्रमा कार्यरत श्रमिकहरुलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषको थालनी गरेको थियो ।

बैशाख १ गते देखि १७ गतेसम्म मात्र २ सय ६८ रोजगारदाता कम्पनी कोषमा आवद्ध भएको जनाइएको छ। पछिल्लो समय माघ १४ गतेसम्म करिब ६ सय ६० रोजगार कम्पनीहरु यो कोषमा आवद्ध भएका थिए । ती आवद्धमध्ये २ सय ७२ रोजगार कम्पनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रमाणपत्र दिएका थिए ।

कोषमा आवद्ध भएका श्रमिकको तलबबाट ११ प्रतिशत र कम्पनीले २० प्रतिशत रकम थपि ३१ प्रतिशत कोषमा जम्मा हुने छ । जम्मा भएको रकमबाट श्रमिकले सरकारबाट तोकिएको नियम अनुसार औषधि उपचार र अन्य सेवा प्राप्त गर्न पाउँने छ । त्यसको साथै अवकास पश्चात श्रमिकले चाहे अनुसार उपदान वा पेन्सन प्राप्त गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x