छिमेक लघुवित्तको नाफा ६४ करोड ३० लाख
काठमाडौं, १८ बैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६४ करोड ३० लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष संस्थाले ३५ करोड ८१ लाख ९० हजार मात्र खुद नाफा कमाएको थियो ।
यो अवधीमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३५.५९ प्रतिशत र ७४.१४ प्रतिशतले बढेपछि खुद नाफामा सुधार आएको हो । छिमेकको खुद ब्याज आम्दानी १ अर्ब २३ करोड २७ लाख ९३ हजार रुपैयाँ र सञ्चालन नाफा ९७ करोड २९ लाख ९९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
यो त्रैमाससम्म १३ अर्ब ९० करोड ९८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।