Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

असार १९ देखि नेपाल वायुसेवा निगमले जापानको ओसाकामा नियमति उडान भर्ने

असार १९ देखि नेपाल वायुसेवा निगमले जापानको ओसाकामा नियमति उडान भर्ने

काठमाडौं, २१ बैशाख । नेपाल वायुसेवा निगमले वाइडबडी जहाजमार्फत जापानको ओसाकामा पुन : नियमित उडान भर्ने भएको छ । निगमको ६१औं वर्ष प्रवेशका अवसरमा आउँदो असार १९ गते (जुलाई ४ तारिख) देखि ओसाकाको नियमित उडान थााल्ने निगमले जनाएको छ ।

निगमले गत फागुनदेखि नै उडानको सम्पूर्ण तयारी पूरा गरेपनि जापान सिभिल एभिएशन ब्युरो (जेक्याब)बाट उडान अनुमति प्रमाण–पत्र (एओसी) प्राप्त गर्न ढिला भएकोले हालसम्म उडान हुन सकेको थिएन । गत हप्तामात्रै निगमले एओसी पाएको थियो । निर्धारित उडान तालिका अनुसार ओसाकाको सबै उडानहरु वाइडबडी ए ३३०–२०० बाट हप्ताको तीन दिन मंगलवार, बिहीवार र शनिवार हुने छन् ।

यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x