सुदुरपश्चिम प्रदेश सरकार आगामी बर्षको बजेट तयारीमा, झण्डै ३० अर्बको बजेट ल्याउने गृहकार्य
धनगढी २१, बैशाख । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बाहादुर बोहराले प्रदेश सरकार आगामी आर्थिक बर्षको बजेटको तयारीमा जुटेको बताएका छन् । मन्त्री बोहराले झण्डै ३० अर्ब को बजेट ल्याउने तयारी भईरहेको बताए ।
‘गत ९ महिनामा हाम्रो पुजीगत खर्च १५ दशमलब ५४ प्रतिशत भएको छ,’ उनले भने– ‘धेरै योजनाहरु भुक्तानी प्रकृयामा छन् त्यसैले एकिन खर्च बिबरण आउन केही समय लाग्छ।’ मन्त्री बोहराले कर्मचारी ,आबश्यक कानुनको अभाब लगायतका समस्याले गर्दा पनि सोचे अनुसार बजेट खर्च हुन नसकेको बताए ।
चालु आर्थिक वषृमा झन्डै ६० प्रतिशत बजेट खर्च हुने आँकलन प्रदेश सरकारले गरेको छ । आगामी आर्थीक बर्षको बजेटमा बिगत जस्तो कमी कमजोरी नदोहर्याउने मन्त्री बोहराले प्रतिवद्धता जनाए । ‘अब बिगतको जस्तो गल्ती दोहरिँदैन , सिकाईको अभाब र बिधी कानुनको अभाबले समस्या भएको हो,’ मन्त्री बोहराले भने– ‘आगामी बजेट सरकारले बनाएको मापदण्ड अनुसार ल्याउँछौ।’
मन्त्री बोहराले राजस्व संकलन जती सबै केन्द्र सरकारले लैजाने गरेको कारण यही राजस्वबाट प्रदेशले धान्न नसक्ने बताए । आगामी आबको बजेटमा प्रदेशका गौरबका योजनाहरु सबै जिल्लामा एउटा एउटा छनौट गरेर बजेट बिनियोजन गरिने उनको भनाई छ । मन्त्री वोहराले कैलाली र कञ्चनपुरमा विशेष औधोगिक क्षेत्र बनाई बजेट छुट्याउने बताए । आगामी जेठ १५ गतेभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार १ गते बजेट ल्याउने तयारी रहेको छ ।