Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख मुद्दती निक्षेपमा राख्दै

नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख मुद्दती निक्षेपमा राख्दै

काठमाण्डौं,२२ बैशाख – नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचनामार्फत त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सू २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।  यसका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म आवेदन दिन सकिने ५ ।

बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा त्यो भन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ ।

बैंकले एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै ‘ख’ वर्गका बैंकका रु १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु छ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्ने सुचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x