Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलको संशोधन प्रस्ताव 

सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलको संशोधन प्रस्ताव 


काठमाडौं,२२ बैशाख। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले संसदमा सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका हुन्।

प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा दर्ता गराइएको संशोधनमा नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने काम भएको तथा आवश्यक नीतिगत प्रस्‍टतासहित विकास र समृद्धिको आकांक्षा पूरा गर्नसक्ने कार्यक्रम नआएकाले नीति तथा कार्यक्रममा संशोधन हुनुपर्ने उल्लेख छ।

संघीय संसद्‍मा सरकारको तर्फबाट शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रयोग भएको ‘मेरो सरकार’ शब्द संशोधन हुनुपर्नेलगायत ४ बुँदामा कांग्रेसका तर्फबाट २३ जना सांसदले संशोधन दर्ता गराएका हुन। यता नेकपाले भने आफ्ना संसदहरूलाइ नीति कार्यक्रमा माथि अनावश्यक टिकाटिपणी नगर्न निर्देशन दिइएको छ । नीति तथा कार्यक्रम यही २४ गते संसदबाट पास गर्ने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x