Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

यादव र भट्टराई बीच पार्टी एकीकरण घोषणा सोमवार

यादव र भट्टराई बीच पार्टी एकीकरण घोषणा सोमवार

काठमाडौँ,२२ बैशाख । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी सोमवार एकीकरण हुने भएको छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । ‘केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक समझदारी भएको’ समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विज्ञाप्तिमा उल्लेख छ । एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x