माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना प्रसारणमा
काठमाडौं,२२ बैशाख । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनकाे परीक्षण प्रसारण आजबाट हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी तयारी गरेको छ ।
कूल २२० केभी क्षमताको त्यस प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५/१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले सर्वसाधरणको ध्यान आकर्षण गराएको छ ।
चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा ३० मेगावट क्षेमत रहेको आयोवजना केही समयम अघि निर्माण सम्पन्न भएको हो ।