धनगढी विमानस्थल आज देखि एक महिनाका लागि बन्द, विकल्प दिन स्थानीयको माग
विवेक नगरि
धनगढी, २२ बैशाख । सुदूरपश्चिम प्रदेशमा संञ्चालनमा रहेको एक मात्र धनगढी विमानस्थल एक महिनाका लागि बन्द गरिएको छ। धावनमार्ग अति जिर्ण भएकाले स्तरोन्नतीका लागि आज देखि आगामी जेठ २१ गते सम्म एक महिनाका लागि विमानस्थलमा उडान बन्द गरि काम थालिएको हो ।
१० बर्षमा मर्मत गनुपर्ने विमानस्थल १४ बर्ष सम्म पनि मर्मत नभएका कारण तत्काल मर्मत गर्न जरुरी रहेको विमानस्थल कायाृलयले जनाएको छ । एक महिना सम्म विमानस्थल बन्द हुने भएपछि यस प्रदेश जनताले काठमाण्डौ धनगढी हवाई यात्रा गर्न पाउँने छैनन् । विमानस्थलले अन्य विकल्प खोजेर मात्रै धनगढी विमानस्थल बन्द गनुपर्ने माग प्रदेशका जनताले राख्दै आएका थिए ।
त्रिभुवन विमान स्थल पछि सवै भन्दा लामो रनवे रहेको धनगढी विमानस्थलको १८ सय रनवे मध्य ७ सय मिटर भासिएका कारण तत्काल विमान स्थल बन्द गरेर काम गर्नुको विकल्प नभएको जनाएको छ । धनगढी विमान स्थलका टावर इन्चार्ज आनन्द देव भट्टले पहिले धनगढी विमान स्थलमा साना विमान आउँने गरेपनि पछिल्लो समय मध्यम खालका विमान आउँन थालेपछि विमान स्थल भासिदै गएका कारण मर्मत गर्न जरुरी रहेको बताए । प्रदेशवासीले भने एक महिना सम्म विमान स्थल बन्द हुदाँ निकै समस्या हुने बताएका छन् । आवश्यक काम परेका वेला र दुखी विरामी हुदाँ हवाई यात्रा गनुपर्ने बाध्यतालाई वुझिदिन यस क्षेत्रका जनताले विमान कार्यालयसँग आग्रह गरेका छन् । महेन्द्रनगर र कैलालीको टिकापुर एयरपोट लाई केहि समयका लागि संञ्चालनमा ल्याएर मात्रै धनगढी विमानस्थल बन्द गनुपर्ने माग स्थानीयको छ।
धनगढी विमानस्थल बाट अहिले धनगढी–काठमाडौँ रुटमा दैनिक ५ वटा उडान हुदै आएको छ । जसमा करिब ६ सय भन्दा बढी यात्रुले दैनिक सेवा लिईरहेका छन् । नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले धनगढी – काठमाण्डौ उडान भदैै आएका छन् ।