Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल दिगो आर्थिक बृद्धि र स्थायित्वको बाटोमा रहेको विश्व समुदायलाई अर्थमन्त्रीको जानकारी

नेपाल दिगो आर्थिक  बृद्धि र स्थायित्वको बाटोमा रहेको विश्व समुदायलाई अर्थमन्त्रीको जानकारी

काठमाडौं, २२ बैशाख । गत मंगलबार एसियाली विकास बैंकको ५२ औं बोर्डस् अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुन फिजी पुगेका अर्थमन्त्री डा. युवराज खतिवडा शनिबार राति स्वदेश फर्किएका छन् । बैठकमा सहभागी हुने सिलसिलाममा अर्थमन्त्री डा. खतिवडाले विभिन्न मुलुक तथा वित्तीय संस्थाका विशिष्ट पदाधिकारीहरुसँग भेटवार्ता गरी नेपालको पछिल्लो आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुको साथै द्विपक्षीय तथा बहुपक्षीय सहयोगबारे छलफल गरेका थिए ।

सो अवसरमा खतिवडाले देशको आयात बढेर व्यापार सन्तुलनमा चाप परेको भएपनि मुलुक दीगो आर्थिक वृद्धि र स्थायित्वको बाटोमा अगाडी बढिरहेको सन्देश अन्तर्राष्ट्रिय समाजलाई जानकारी गराए । विभिन्न मुलुकका समकक्षी तथा विकास साझेदार संस्थाका प्रतिनिधिसँग भेट गर्दै नेपालको आर्थिक वृद्धि र नेपाल सरकारले सुरु गरेका सुधारका बारेमा जानकार गराएको अर्थमन्त्री खतिवडाको सचिवालयले जनाएको छ । विकास साझेदार संस्थाहरु पनि नेपालको प्रगतिप्रति उत्साहित हुँदै नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका उल्लेख गरेका थिए ।

फिजीमा खतिवडाले बैठक तथा द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका सहभागीहरुलाई जानकारी दिए । मुलुक संघीयता कार्यान्वयनमा सफलतापूर्वक अघि बढिरहेको बताउँदै वित्तीय संघीयताको व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा सहयोग गर्न पनि अनुरोध गरेका थिए ।

खतिवडाले एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्चपदस्थ अधिकारीसँग भएको बेग्लाबेग्लै द्विपक्षीय बैठकहरुमा नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुबारेमा पनि जानकारी गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x