Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाल बैंकको ५९ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंकको ५९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २२ बैशाख । नेपाल बैंकको ५९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राजधानीमा आइतबार सम्पन्न साधारण सभामा गत आर्थिक वर्ष २०७४/७५ को नाफा/नोक्सान माथि छलफल गरि पारित गरेको हो ।

त्यस्तै साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक चयन गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि छलफल सहित पारित भएको छ।

नेपाल बैंकले २२ वर्षपछि गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई आकर्षक बोनस बाँड्ने तयारी गर्दै गर्दा राष्ट्र बैंकले रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात बैंकका शेयरधनीहरुले गत आर्थिक वर्षको नाफाबाट पनि बोनस पाउनबाट बञ्चित भएका हुन् ।
हाल बैंकले १ सय ६१ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x