सेयर बजार १२९७ को बिन्दुमा झर्यो
काठमाडौं, २५ बैशाख । मंगलबार झिनो अंकको बृद्धि सहित १३ सयको बिन्दुमा चढेको सेयर बजार परिसूचक बुद्यबार (आज) पुन घटेर १२९७.१९ को बिन्दुमा झरेको छ। आज बजार ४.०८ अंकले घटेको छ ।
उत्पादन तथा प्रशोधन र अन्य बाहेक बाँकी अरु सबै समुहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन समुहको परिसूचक ५७.४३ र अन्य समूहको १.२४ अंकले बढेको छ। सबैभन्दा धेरै गिरावट होटल समुहमा देखिएको छ । होटल समुहको परिसूचक ३७.०५ अंकले घटेको छ ।
त्यस्तै आज एक सय ७३ कम्पनीको ४९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा पनि सिभिल बैंकको सबैभन्दा धेरै अर्थात ५ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। धेरै कमाउनेमा हिमालयन डिष्टिलरीका लगानीकर्ता छन् भने गुमाउनेमा मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।