जेठमा उठाउने र असारमा सबै खर्च गर्ने प्रबृती अर्थतन्त्र माथिको अपराध हो : आचार्य
काठमाडौं, २७ बैशाख । सरकारले आगामी जेठ १४ भित्र ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने जनाएको छ। विगतमा नेपाल राष्ट्र बैंकले वार्षिक तालिका बनाएर आन्तरिक ऋण उठाउँने गरेपनि यसपटक त्यस्तो भएन । आर्थिक वर्षको अन्तिममा खर्च बढ्ने अनुमानका आधारमा एक्कासि आन्तरिक ऋण उठाउने सरकारी निर्णयले वित्तिय बजारमा आघात पर्न जाने अर्थविद् केशव आचार्यले बताए । जेठको पहिलो यतिठुलो मात्रामा आन्तरिक ऋण उठाएर असारमा सबै खर्च गर्ने प्रबृती अर्थतन्त्र माथिको अपराध भएको बताए । प्रस्तुत छ एकै पटक यति ठुलो मात्रामा आन्तरिक ऋण उठाने निर्णयबारे अर्थविद् केशव आचार्यको प्रतिक्रिया ।