क्याम्पस भवनको जग खन्दा सुनचाँदी !
काठमाडौं,२८ बैशाख । अछामको साँफेबगर नगरपालिका–२ श्रीकोटमा क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको छ । भवनको जग खन्ने क्रममा १०५ तोला सुन र ४०० तोला चादी फेला परेको हो ।
भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरूको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरूमा थप सुन फेला पर्दै गएको थियो ।
क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर जमीनमुनि अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिनुभयो ।