सेञ्चुरी बैंकद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं, २९ बैशाख । सेञ्चुरी बैंक लिमिटेडले एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पनौतीमा बैशाख २८ गते एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले गरेकी हुन् । यो कार्यक्रममा स्थानीयहरुलाई बैंकले प्रवाह गर्ने सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवाको बारेमा जानकारी गराईएको बैंकले जनाएको छ ।