जनता बैंकले नाफा रकम अर्व कटायो
काठमाडौं, ३० बैशाख । जनता बैंक नेपालले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनीक गरेको वित्तिय विवरण अनुसार गत वर्षको सोही अवधीको यो नाफा रकम ६०.५६ प्रतिशतले बढी हो । वितरणयोग्य नाफा ६१ करोड ७३ लाख ७५ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भएको वृद्धिले नाफा बृद्धिमा सहयोग गरेको छ। खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ४७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ राखेको यस बैंकले ७० अर्ब ४४ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ७० करोड १० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।