कामना सेवाकोे ८४औं शाखा स्याङ्गजाको झलुङ्गेमा
काठमाडौं, ३१ बैशाख । कामना सेवा विकास बैंक लिमिटेडले स्याङ्गजाको वालिङ नगरपालिका वडा नं. १३ स्थित झलुङ्गेमा ८४ औं शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका संचालक बलराम बराल र बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा गरेका हुन् ।
हालसम्म बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा कार्यालय र ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।