Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

किन बसिन्छ वार्षिक साधारण सभा ?

किन बसिन्छ वार्षिक साधारण सभा ?

काठमाडौं, ६ पौष । कुनै पनि पब्लिक कम्पनीले वर्षको एकपटक कम्पनीको संचालक, उच्च व्यवस्थापन र साधारण शेयरधनीहरुलाई भेला गर्ने गर्दछ । यसरी वर्षको एकपटक गरिने भेलालाई वार्षिक साधारण सभा भनिन्छ ।

वार्षिक साधारण सभामा कम्पनीको संचालक समितिले वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गर्दछ । वार्षिक साधारण सभामा सहभागी शेयरधनीहरुले उक्त वार्षिक प्रतिबेदनलाई पारित गर्दछन् । यस्तै वार्षिक साधारण सभामा कम्पनीको संचालक समितिले वित्तीय अवस्थाको जानकारीका साथै कम्पनीको भावी योजनाहरु समेत प्रस्तुत गर्ने गर्दछ । यसरी प्रस्तुत भावी योजना तथा रणनिती उपर सहभागी शेयरधनीहरुको समेत सहमति आवश्यक हुन्छ ।

विशेष गरि साधारण सभामा कम्पनीले लाभांशको घोषणा गर्ने गर्दछ । कम्पनीले प्रस्ताव गरेको लाभांशलाई उपस्थित संचालकहरु र सहभागी शेयरधनीहरुले पारित गर्दछन् । यस्तै साधारण समा नयाँ संचालकहरुको निर्वाचन र अडिटरको मनोनयन समेत हुने गर्दछ । कम्पनीको शेयरधनीहरुमा संचालक चयन र अडिटर मनोनयनको अधिकार हुन्छ । सोहि अधिकार प्रयोग गरि संचालकहरु र अडिटरको नियुक्ती गरिन्छ । यहि कारण पनि वार्षिक साधारण सभा महत्वपुर्ण हुन्छ र बसिन्छ ।

वार्षिक साधारण सभा वर्षको एकपटक अनिवार्य बस्नु पर्ने प्रावधान रहेको छ । विशेष गरि पब्लिक कम्पनीहरुले वर्षको एकपटक वार्षिक साधारण सभा राख्न अनिवार्य हुन्छ । कम्पनीहरुले आर्थिक वर्षको दोस्रो त्रैमासिक भित्र वार्षिक साधारण सभा बसिसक्नु पर्ने हुन्छ । केहि कम्पनीहरुले त्यसो गरेता पनि केहि कम्पनीहरुले भने यो समय भित्र गर्न सक्दैनन् । समयमा नै वार्षिक साधारण सभा सम्पन्न गर्दा सबै प्रस्तावित एजेण्डाहरु पारित हुने र प्रक्षेपित लक्ष्य हासिल गर्न सहयोग मिल्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x