Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईसी एशिया बैंकले ४४ लाख कित्ता ऋणपत्र जारी गर्दै

एनआईसी एशिया बैंकले ४४ लाख कित्ता ऋणपत्र जारी गर्दै

काठमाडौं, ३ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले १ हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ४ अर्ब ४० करोड रुपैंयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

ऋणपत्र निष्काशनको लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

ऋणपत्रको अवधि ७ वर्ष हुने छ भने वार्षिक व्याजदर १०.२५ प्रतिशत हुने बैंकले जनाएको छ । प्रस्तावित ऋणपत्रले लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर प्रदान गर्ने बंैकको विश्वास छ ।

४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डमा प्रस्ताव पठाइएको छ । उक्त प्रस्ताव स्वीकृति पश्चात बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्नेे तयारी गरेको छ ।

हाल बैंकका मुलुकभर २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवाप्रदान गर्दै अएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x