अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकालाई स्कुलका सामाग्री सहित २ लाख ८५ हजार सहयोग

काठमाडौं, ३ जेठ । डाँफे क्लब सिकागो अमेरिकाको सहयोग र युबा जागरण अभियानको संयोजनमा अपाङ्ग,अनाथ ४५जना बालबालिकाहरुलाई स्कुल ड्रेस,जुत्ता,झोला सहित २लाख ८५ हजार नगद हस्तान्तरण गरिएको छ । डाफे कल्ब सिकागोका प्रतिनिधि ई.नवीन कैनिलको विशेष पहलमा जुटाइएको नगद रकम क्लबका प्रतिनिधि, युबा जागरण अभियानका संयोजक चिन्तन पौडेल,नेबिसंघ निबर्तमान केन्द्रीय उपाध्यक्ष प्रकाश राना,निबर्तमान कोषाध्यक्ष शिव रिमाल लगायतका युबाहरुले गोकर्णको अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन ।

सहयोग सामाग्री बुझ्दै क्लवका अध्यक्ष खत्रीले सहयोगका लागि धन्यवाद दिदै अगामी दिनमा पनि थप सहयोग अपेक्षा गरे । कार्यक्रममा अपाङ्ग र अनाथ बच्चाहरुले नया लुगा,जुत्ता,झोला पाउँदा एकदमै खुसि भएको भन्दै सहयोगका लागि एकै स्वरमा धन्यबाद समेत ब्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *